Techie IT
Hetauda Khabar

मकवानपुर गढी गाउँपालिकाद्वारा ८० छात्रालाई छात्रवृत्ति प्रदान


उच्च शिक्षामा छोरीको पहुँच पुगोस भन्ने अभिप्रायले सुरु गरिएको मकवानपुर गढी गाउँपलिकामा उपध्यक्ष छात्रवृति कार्यक्रम मकवानपुरगढी गाउँपलिकामा सम्पन्न भएको छ । मकवानपुरगढी गाउँपालिकामा यो वर्ष ८० जना छात्राहरुलाई छात्रबृत्ति प्रदान गर्दै बिहिबार कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०७९ र ८० को विनियोजित बजेटबाट गाउँपालिका उपाध्याक्ष छात्रवृत्ति कार्यक्रमा अन्तर्गत कार्यक्रम भएको हो । मकवानपुरगढी गाउँपालिकाका आठै वटा वडा बाट जम्मा ८० जना छात्राहरुलाई छात्रवृति प्रदान गरिएको हो । प्रत्येक वडा बाट १० जनाको दरले नगद दश हजारका दरले आठ लाख रुपैया छात्रवृति प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

माध्यमिक तह कक्षा ११ देखि उच्च शिक्षा अध्ययन गर्ने गरिब, बिपन्न , जेहेन्दार ,छात्रा विद्यार्थीहरुलाई गाउँपालिकाले छात्रवृत्ति प्रदान गरेको हो । विशेष गरि परिवारको आर्थिक अभावका कारण महिला विद्यार्थीहरुले विद्यालय छाड्नु पर्ने वातावरण नहोस भन्नका लागि उपाध्याक्ष छात्रवृत्ति कार्यक्रम संचालन गरेको गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीले बताउनुभयो । कसैले पनि उच्च शिक्षा अध्यनको लागी आर्थिक अभावकै कारण विद्यालय छाड्ने अवस्था नआओस भन्नका लागि स्थानीय सरकार तर्फबाट पालिकाले यो कार्यक्रम सन्चालन गरि छात्रवृत्ति वितरण गरेको र यो कार्यक्रमले कापी कलम तथा ड्रेस किन्न नसक्ने परिवारका लागि विद्यालय छोडेर गाउँघरमा खेतीपाती नै गरेर आफ्नो जिबिको पार्जन चलाउन पर्न बाध्यता केहि हद सम्म हट्ने नेपालीले बताउनुभयो । उहाँले आमा साक्षर भए मात्र छोरा छोरीहरू साक्षर हुने र छोरीको पहुँच उच्च शिक्षातिर लम्कने नेपालीले धारण राख्नुभयो ।

बुधबार मकवानपुरगढी वडा नम्बर ७ सुकौराबाट सुरु गरेको छात्रवृति कार्यक्रमा आज वडा नम्बर ३का १० जनालाई छात्रवृत्ति प्रदान गरि कार्यक्रमा सम्पन्न भएको हो ।


क्याटेगोरी : समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट