Techie IT
Hetauda Khabar

हेटौंडा स्थित प्रदेशसभाको हरिविजोग, भवन परिसर जलमग्न


पहिलो कार्यकाल पुरा गरेर बागमती प्रदेशसभाले दोस्रो कार्यकालको दोस्रो पटक मुख्यमन्त्री पाइसक्यो तर बागमती प्रदेशसभाहलको भने हरिविजोग छ ।

बागमती प्रदेशको राजधानी हेटौंडा स्थित प्रदेशसभा परिसर मंगलबार जलमग्न बन्यो ।

आइतबार दिउँसो आधाघण्टा जति पानिपरेपछी हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० मा रहेको प्रदेशसभा भवन परिसरजलमग्न हुँदा सांसदहरु बैठकस्थल छिर्न सकेनन् ।

गत असार १ गते पारित भएको आर्थिक वर्ष २०८०/०८१ को बजेटको सन्दर्भमा आज दिउँसो १ बजेदेखि प्रदेशसभा बैठक थियो तर सोहि समयमा पानिपरेपछी बैठकमा सहभागी हुन आएका प्रदेश सांसदहरु हल भित्र पस्न सकेनन् । भित्र पस्नै नपाएपछी प्रदेशसभा सदस्यहरु सचिवालयको गैरजिम्मेवारपन भन्दै आक्रोशित बनेका थिए ।

केही बेरमात्रै परेको पानीको कारण प्रदेशसभा परिसर जलमग्न हुँदा १ बजे सुरु हुने भनिएको बैठकमा सहभागी हुन सांसदहरुलाई मुस्किल परेको थियो । प्रदेशसभा छिर्ने ढोकासम्म पानी जमेपछि सांसदहरु अलमल्ल परे । सांसदहरू अगाडिको ढोकाबाट भित्र पस्न नसकेपछि हलको पुर्वपट्टीको ढोकाबाट पसेर बैठकमा सहभागी बनेका थिए ।

हरेक वर्ष सभाहल मर्मत गरिरहदा र लाखौँ रकम खर्च गरिरहदा यस्ता सामान्यखालका समस्यामा भने प्रदेशसभा सचिवालयले ध्यान दिन सकेको छैन।

तस्विर : जी न्यौपाने 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट