Techie IT
Hetauda Khabar

बागमती प्रदेशसभामा विपक्षी दलहरूको अवरोध, बैठक स्थगित


बागमती प्रदेशसभाका विपक्षी दलहरूको अवरोध पछि प्रदेशसभा बैठक स्थगित भएको छ ।

मंगलबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेटमाथिको छलफलका क्रममा एमाले र राप्रपाका सांसदहरुले अवरोध सृजना गरेका हुन् ।

प्रदेश सरकारले ल्याएको बजेट एक पक्षीय भएको, सरकारको मन्त्री रहेको जिल्ला र क्षेत्रलाई मात्र प्राथमिकता दिएको, बजेटलाई समावेशी ढंगबाट वितरण नगरिएको, वडा नै नभएको क्षेत्रमा बजेट विनियोजन गरेको, गैससलाई नाम नै तोकेर अनुदान वितरण गरिएकोलगायतको कारण प्रतिपक्ष दलले बैठकमा अवरोध गरेका थिए । सभामुख भुवनकुमार पाठकले सदन सञ्चालन गरेसँगै विपक्षी दलको तर्फबाट एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले विशेष समय लिएर आफ्नो भनाई राखेका थिए ।

उनले प्रतिपक्षीले दिएको सुझाव बजेटमा नसमेटिएको, मुख्यमन्त्री र मन्त्रीमुखी बजेट ल्याएको उनले आरोप समेत लगाए । बागमती प्रदेश सरकारले ल्याएको बजेटमध्ये २१ प्रतिशत मुख्यमन्त्री शालिकराम जम्कट्टेलको गृह जिल्ला धादिङसहित नुवाकोट र सिन्धुपाल्चोकमा मात्र केन्द्रित रहेको भन्दै उनले यस्ताखाले बजेटले संघीयताको मर्मलाई मारेको धारणा राखेका थिए ।प्रतिपक्ष दलको विरोध पछी सभामुख भुवन पाठकले साँझ पौने ६ बजेसम्मको लागि बैठक स्थगित गरेका हुन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट