Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

बागमती प्रदेश : आजको बैठकमा आर्थिक सर्वेक्षणमाथि छलफल


बागमती प्रदेश सभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठकमा प्रदेशको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक हुने भएको छ ।
भोली असार १ गते आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्नुपूर्व प्रदेश सरकारले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्न लागेको हो ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले आर्थिक वर्ष २०८०/८१ को लागि राजश्व संकलन र व्ययको सर्वेक्षण प्रस्ताव टेबुल गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
शुक्रबार बस्ने प्रदेश सभाको बैठकमा बागमती सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री लामाले आर्थिक वर्ष २०८०/८१ को लागि बजेट प्रस्तुत गर्नेछन् ।

ADVERTISEMENT

ADVERTISEMENT


प्रकाशित मिति : बिहिबार, २०८० जेष्ठ ३२, ११ :५४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट