Techie IT
Hetauda Khabar

गर्मी नघटेपछी हेटौंडाका विद्यालय थप २ दिन बन्द


हेटौंडा उपमहानगरपालिकाका निजि तथा सामुदायिक विद्यालय थप २ दिन बन्द हुने भएको छ । हेटौंडामा अत्याधिक गर्मी बढेकाले हेटौंडा उपमहानगरपालिकाले गत आइतबार देखि ६ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

गर्मी नघटेपछी शनिबार पुनः २ दिन थप विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए ।

गर्मी बढेसँगै विद्यार्थीहरूको स्वास्थ्यलाई ख्याल गरी एक साता विद्यालय बन्द गरेको उपमहानगरपालिकाले पुनः दुई दिन यथावत राख्न भनिएको हो । यससँगै हेटौंडाका सबै विद्यालय जेष्ठ २९ गतेसम्म बन्द रहनेछ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट