कमल थापाले भने- ‘नागरिकता कागजको खोस्टो बनाइयो, यो राष्ट्रप्रति बेइमानी हो’

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली नागरिकतलाई कागजको खोष्टो बनाइएको टिप्पणी गरेका छन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणित गरेपछि अध्यक्ष थापाले सामाजिक संजालमा यस्तो धारणा व्यक्त गरेका हुन्।
अध्यक्ष थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणकै दिन पारेर विवादित नागरिकता प्रमाणीकरण गर्नु कसलाई खुसी पार्न हो? भन्दै प्रश्न गरेका छन्। राष्ट्रपति पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रचण्डमार्फत् ‘गूड न्यूज’ दिएको थापाले उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘प्रम प्रचण्डको भारत भ्रमणको दिन पारेर नागरिकता विधेयक प्रमाणित गर्नुले प्रष्ट हुन्छ, यो विधेयक कसलाई खुसी पार्न बनेको हो। राष्ट्रपति पौडेलले भारतीय प्रम नरेन्द्र मोदीलाई प्रचण्ड मार्फत् ‘गुड न्युज’ दिनुभयो।’
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
प्रतिक्रिया