Techie IT
Hetauda Khabar

हेटौंडामा अनलाइन मिडिया एशोसिएसन नेपाल (ओमान) गठन


अनलाइन मिडियाका सञ्चालकहरुको छाता संगठनको रुपमा अनलाइन मिडिया एशोसिएसन नेपाल (ओमान) गठन गरिएको छ । हेटौंडामा आयोजित अनलाइन सञ्चालकहरुको भेलाले ओमानको तदर्थ समिति गठन गरेको हो ।

भेलाले खबरब्रेक अनलाइनका सञ्चालक धर्मेन्द्र दाहालको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा रवीन्द्र गौतम (हेटौंडा खबर), उपाध्यक्षद्वयमा सुनिता विष्ट (पालिका डायरी) र रुपक कालिराज (हजुरको खबर), महासचिवमा उज्वल अधिकारी (नेपाल कलम), सचिवद्वयमा मनोज देवकोटा (हेटौंडा टुडे) र राजेश थापा ( रातोसमाचार) र कोषाध्यक्षमा प्रवेश धिताल (साझापत्र) चयन गरेको हो ।

त्यस्तै सदस्यहरुमा दीपेश दाहाल (अखबार हव), गोविन्द तिमल्सिना (शुभसमय), भूपेन्द्र राना (थाहापाना) चयन भएका छन् । आवश्यकताको आधारमा थप केही सञ्चालकहरुलाई कार्यसमितिमा ल्याइने अध्यक्ष दाहालले बताए । स्वरोजगार अनलाइन मिडियालाई स्तरीय र विश्वसनीय बनाई टिकाउने वातावरण बनाउन संस्थाले पहल गर्ने उनले बताए ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट