Techie IT
Hetauda Khabar

सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति


बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

आइतबार जिल्ला अदालत काठमाडौंले १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमाथि सन्दीपलाई थप दुई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

अनुसन्धान नसकिएको भन्दै प्रहरी वृत्त गौशालाले थप हिरासतमा राख्न आइतबार अदालतसँग अनुमति मागेको थियो । बलात्कारको आरोपमा सन्दीप २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

सन्दीप क्रिकेट खेलकै लागि विदेशमा रहेका बेला उनीमाथि बलात्कारको आरोप लगाउँदै प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । सन्दीपले भदौ ५ गते नगरकोट घुमाएर काठमाडौंको एक होटलमा राति बलात्कार गरेको बयान प्रहरीसामु ती नाबालिकाले दिएकी थिइन् ।

सन्दीप टिमसहित ६ भदौमा केन्या भ्रमणमा गएका थिए । केन्यासँगको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलिसकेपछि सन्दीप क्यारेवियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका थिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट