Techie IT
  • १६ वैशाख २०८३, बुधबार
Hetauda Khabar
  • १६ वैशाख २०८३, बुधबार

बकैयाका विभिन्न क्षेत्रहरुमा बालश्रमिकको अनुगमन


मकवानपुरको बकैया गाउँपालिकाका क्षेत्रहरुमा सोमबार बालश्रमिकको अनुगमन गरिएको छ ।

ADVERTISEMENT

गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने र उपाध्यक्ष भक्तबहादुर खत्री सहितको टोलीले होटलमा बालश्रमिकहरुको अनुगमन गरेका हुन् । अनुगमन टोलीले खाजा खाने बाहाना गरेर हात्तिसुढेँ क्षेत्रका होटलहरुमा हुन सक्ने बालश्रमिकको बारेमा अनुगमन र सचेत गराइएको थियो ।

ADVERTISEMENT

बालमैत्री घोषणा पछि पनि धेरै स्थानहरुमा अनुगमन गर्नुका साथै बाल सहजकर्ता मार्फत बालबालिका विषयमा जानकारी लिने गरेको अध्यक्ष लामिछानेले बताए । गाउँपालिकामा होटल तथा खाजाघरमा बालश्रममा प्रयोग न्यून रहेता पनि प्रायः ट्याक्टर तथा अन्य ढुवानी सेवाका सवारीमा काम गर्ने बालकहरु अझै रहेको अध्यक्ष लामिछानेले बताए ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बाल कल्याण समाज तथा बकैया गाउँपालिकाको संयुक्त अनुगमन भएको थियो । अनुगमनको क्रममा बाल कल्याण समाजका अध्यक्ष प्रकाश खतिवडाले व्यवसायीहरुलाई १४ वर्षभन्दा मूनिका बालबालिकालाई श्रममा नराख्न अनुरोध गरिएको बताए । बालश्रम अन्त्य होस् भन्ने उद्देश्यले अनुगमन गरिएको हो, बालबालिकालाई श्रममा राखिएको पाइएमा व्यवसायीलाई कानुनी दायरामा ल्याइने समेत अध्यक्ष खतिवडाले बताए । बकैया ४ हात्तिसुढेँ क्षेत्रमा रहेका ८ वटा होटल तथा खाजाघरहरुमा अनुगमन गरिएको थियो ।

ADVERTISEMENT

यस्ता अनुगमनलाई नियमित रुपमा गाउँपालिकाले लैजाने गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले बताए । अनुगमनमा गाउँपालिका अध्यक्ष लामिछाने, उपाध्यक्ष खत्री, बाल कल्याण समाजका अध्यक्ष प्रकाश खतिवडा, कार्यपालिका सदस्य लक्ष्मी माझी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, महिला बालबालिका इकाइ प्रमुख होम कुमारि सन्जेल सञ्चारकर्मी आशिष दुलाल लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति : सोमवार, २०८० बैशाख १८, २१ :३६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट