Techie IT
  • २५ फागुन २०८२, सोमबार
Hetauda Khabar
  • २५ फागुन २०८२, सोमबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - अन्तिम परिणाम
Result Published
--:--:--

प्रतिनिधिसभा निर्वाचन २०८२

मकवानपुर जिल्ला: अन्तिम मत परिणाम
मकवानपुर क्षेत्र नम्बर १ गणना सम्पन्न ✅
लोड हुँदै...
मकवानपुर क्षेत्र नम्बर २ गणना सम्पन्न ✅
लोड हुँदै...
hetaudakhabar.com
ताजा र आधिकारिक निर्वाचन अपडेटको लागि
⚙️

Admin Login

बागमतीमा नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण


बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

ADVERTISEMENT

प्रदेशमा आफुले सम्हालेको ८ वटा मन्त्रालय मध्य २ वटा मन्त्रालयमा दुइ  मन्त्रीलाई नियुक्त गरेर आज साँझनै सपथ ग्रहण गराएका छन् ।

ADVERTISEMENT

नेपाली कांग्रेसबाट प्रदेश सरकारमा सहभागी भएका दुई जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शनिबार हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त दुईजना मन्त्रीलाई सपथग्रहण गराएका हुन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका बहादुर सिंह लामाको नेतृत्वमा कांग्रेस प्रदेश सरकारमा गएको हो । लामा आर्थिक मामिला तथा योजना मन्त्री र काभ्रेका कांग्रेस सांसद तिर्थ लामा खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रीका रुपमा नियुक्त भई सपथ ग्रहण गरेका छन् ।

ADVERTISEMENT

प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले दोस्रोपटक बिश्वासको मत लिएको १६ दिन पछी आज बल्ल दुइ जना मन्त्री नियुक्त गरेका छन् । बागमतीमा अझै मुख्यमन्त्रीले ५ वटा मन्त्रालयको जिम्मेवारी आफैले लिएर बसेका छन् ।


प्रकाशित मिति : आइतवार, २०७९ चैत्र २६, १९ :४१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट