Techie IT
Hetauda Khabar

हेटौंडाको सन्चो अस्पतालको ल्याबको अनुमति खारेज, प्रशासनले कहिले बन्द गर्छ अबैध ल्याब ?


हेटौंडाको सन्चो अस्पतालको ल्याबको अनुमतिपत्र खारेज भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागमती प्रदेशले गत १९ चैतमा दिएको अनुमतिपत्र खारेज गरेको छ ।

प्रयोगशाला गैरकानुनी रुपमा सन्चालन भएकोले अनुमतिपत्र रद्द गरेको जनाएको छ ।

अस्पतालले झुठो विवरण पेश गरि अनुमति लिएकाले प्रयोगशालाको अनुमतिपत्र खारेज गरिएको हो । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गएको टोलीले केहिदिन अघि अस्पतालको ल्याब अबैधरुपमा संचालन भएको पाएपछी बन्द गरेको थियो । एक हप्ताको लागि समय दिएपछी अस्पतालले गत आइतबार अनुमति ल्याएकाले प्रशासनले ल्याब सन्चालन गर्ने अनुमती दिएको थियो । तर प्रदेश जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेश धुलिखेलले २१ चैतमा दिएको प्रयोगशालाको अनुमतिपत्र खारेज गरेको छ ।

हाल सन्चो अस्पतालमा अबैध  रुपमा ल्याब संचालन भैरहेको छ । गैरकानुनीरुपमा चलेको ल्याब प्रशासनले बन्द गराउन सक्छ या सक्दैन त्यो भने हेर्ने बाकी छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट