Techie IT
Hetauda Khabar

हेटौंडाको सन्चो अस्पतालको ल्याब शंकास्पद, मापदण्ड पूरा नभई कसरी आयो अनुमति ?


हेटौंडाको सन्चो अस्पतालको प्रयोगशाला शंकास्पद देखिएको छ ।

केहिदिन अघि जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्दा प्रयोगशाला अबैध रुपमा चलेको भेटिएको थियो । प्रशासनले अनुमति लिन निर्देशन दिएपछी अस्पतालले गत १९ चैतमा प्रदेश जनस्वास्थ्य कार्यालय बागमती प्रदेशबाट अनुमती लिएको थियो । मापदण्ड पूरा नभएको प्रयोगशालाले के आधारमा अनुमती लियो भन्ने कुरा शंकास्पद भएको छ । यसबारे हेटौंडाखबरले थप फलोअप गर्नेछ ।

नेपाल सरकार स्वास्थ्य प्रयोगशाला स्थापना तथा सन्चालन मापदण्ड सम्बन्धी निर्देशिका २०७३ को परिच्छेद ४मा उल्लेखित मापदण्ड पूरा नगरी प्रयोगशाला सन्चालन भैरहेको छ ।  जनस्वास्थ्य प्रयोगशालाले सन्चो अस्पताललाई BP-C-255 मा अनुमति पत्र दिएको थियो ।

 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट