Techie IT
Hetauda Khabar

हेटौंडाको चुरेहिल अस्पतालको अबैध फार्मेसीमा प्रशासनले ताला लगायो


हेटौंडाको चुरेहिल अस्पतालको फार्मेसी प्रशासनले बन्द गराएको छ ।

फार्मेसीमा म्याद गुज्रिएको औषधि फेला परेको, दर्ता र संचालन अनुमती नभएको भेटिएपछी बिहिबार गएको जिल्ला प्रशासन कार्यालयको नेतृत्वको अनुगमन टोलिले फार्मेसीमा ताला लगाएको हो ।

चुरेहिलको फार्मेसीले गम्भीर लापरबाही गरेको देखिएपनि प्रशासनले कारबाही गर्न आनाकानी गरेको थियो । अनुगमन टोलिले जनस्वास्थ्य माथी गम्भीर खेलवाड गरेको प्रत्यक्ष देख्दापनि फार्मेसीलाई सुझाव र निर्देशन दिएर छाड्ने भनेपछि उपभोक्ता हित संरक्षण मन्चले आपत्ति जनाएको थियो ।

अनुगमन टोलिविच नै विवादको अवस्था सृजना भएपछी प्रशासनले बल्ल बल्ल ताला लगाउने निर्णय गरेको थियो ।

अस्पतालले २५ शैयाको अनुमति लिएर क्षमता भन्दा बढी बेड राखेको र अनुगमन टोलि पुग्ने थाहापाएपछि स्टोरमा बेड लुकाएको भेटिएको थियो ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट