Techie IT
  • २५ माघ २०८२, आईतबार
Hetauda Khabar
  • २५ माघ २०८२, आईतबार

हेटौंडा मोडेल अस्पतालको फार्मेसी ऐन विपरित संचालन, अनधिकृत व्यक्तिलेले दिन्छन् औषधि


हेटौंडाका अधिकांस निजि अस्पताल, फार्मेसी र ल्याबहरु मापदण्ड विपरित संचालनमा रहेका छन् । नियमित अनुगमन नहुदाँ त्यस्ता ल्याव र फार्मेसीहरुले बिरामीको स्वास्थ्यसंग खेलवाड गरेको देखिन्छ ।

ADVERTISEMENT

हेटौंडाको मोडेल अस्पतालको फार्मेसी ऐन विपरित संचालन भैरहेको पाइएको छ । हेटौंडा उपमहानगरपालिका-१ मा रहेको मोडेल अस्पतालमा संचालित श्रेष्ठ फार्मेसी ऐन विपरित संचालन भएको भेटिएको हो ।

ADVERTISEMENT

औषधी ऐन २०३५, राष्ट्रिय औषधी नीति, औषधी बिक्री–वितरण संहिता २०७१, राष्ट्रिय स्वास्थ्य नीति २०७१ र अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ मा अस्पतालमा औषधीको अनुमान, खरिद र वितरण प्रक्रियामा दक्ष फर्मासिष्ट जनशक्तिको अनिवार्य व्यवस्था हुनुपर्ने उल्लेख छ। तर हेटौंडा मोडेल अस्पतालको फार्मेसीले फर्मासिष्ट नै नराखी औषधि बिक्रीवितरण गरिरहेको छ ।

औषधि पसलमा अनिवार्य फर्मासिस्ट वा फार्मेसी सहायक हुनुपर्ने प्रावधान रहेपनि यस अस्पतालको फार्मेसीमा अनधिकृत व्यक्तिले औषधि बिक्रीवितरण गरिरहेका छन् । स्वास्थ्य संग प्रत्यक्ष जोडिएको औषधि अनधिकृत व्यक्तिले विक्री गर्नु नागरिकको स्वास्थ्यसंग प्रत्यक्ष खेलवाड गर्नु हो । तर यसबारे सम्बन्धित निकायले अनुगमन तथा कारबाही गर्ने गरेको छैन ।

ADVERTISEMENT

 औषधि ऐन २०३५ को दफा १७ को उपदफा २ ले भनेको छ, ‘औषधि चिकित्सकको प्रेशक्रिप्सन बमोजिम बिक्रि वितरण गर्दा फर्मासिस्ट वा फार्मेसी सहायकको उपस्थिति अनिवार्य हुनेछ।’ औषधिको बिक्रि वितरण गर्दा फर्मासिस्टको अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गरेपनि यो व्यवहारमा भने लागू भएको छैन।


प्रकाशित मिति : सोमवार, २०७९ चैत्र १३, १२ :३६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट