Techie IT
Hetauda Khabar

हेटौंडा सिटी हस्पिटल पनि अबैध रुपमा संचालन, लिएको छैन अनुमति


हेटौंडाको सिटी अस्पताल मापदण्ड विपरित संचालन भैरहेको पाइएको छ । हेटौंडा उपमहानगरपालिका-१ मा रहेको सिटी अस्पताल अनुमती नलिई संचालन भैरहेको अनुगमन टोलीले फेला पारेको हो ।

बिहिबार जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायको अनुगमन टोलीले अनुगमन गर्दा अस्पतालले पनि २०७४ सालदेखि नवीकरण नगराई सेवा संचालन गरिरहेको भेटिएको हो ।

आज पुगेको अनुगमन टोलीले सिटी अस्पताललाई एक हप्ता भित्र सम्पूर्ण मापदण्ड पुर्याई संचालन अनुमति लिन निर्देशन दिएको छ । अनुगमन टोलीले अस्पतालले आकस्मिक कक्षमा राखेको मापदण्ड विपरितका बेड हटाउन लगाएको छ ।

एकीकृत बजार अनुगमन समितिले आज अस्पतालको अनुगमन गरेको हो । मकवानपुरमा सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माको नेतृत्वको अनुगमनमा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मन्च, हेटौंडा अस्पताल, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधिको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट