Techie IT
Hetauda Khabar

मुख्यमन्त्री जम्मकट्टेललाई विस्वासको मत दिने कांग्रेसको निर्णय, बैठकको मिति सर्यो


कांग्रेस संसदीय दलको भर्खरै काठमाडौंमा बसेको बैठकले मुख्यमन्त्री जम्मकट्टेललाई विस्वासको मत दिने सर्वसम्मत निर्णय गरेको छ ।

जम्मकट्टेललाई विस्वासको मत दिने कि नदिने भन्ने विषयमा निर्णय गर्न कांग्रेसको बैठक बसेको थियो ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विस्वासको मत लिने कार्यक्रम थियो । तर नेपाली कांग्रेसले विस्वासको मत दिने या नदिने भन्नेबारे तत्काल निर्णय गर्न नसक्दा ३ बजे बोलाइएको बैठक अनिश्चित बनेको थियो । आज ३ बजे बोलाइएको बैठक १० गतेका लागि बस्ने गरी सारिएको बुझिएको छ । यद्दपी संसद सचिवालयले भने आधिकारिक सुचना भने जारी गरेको छैन ।

नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा बागमती प्रदेश सभा नियमावली २०७४ को नियाँ १४३ को उपनियम १ बमोजिम विस्वासको मत प्राप्त गर्ने प्रस्ताव ३ बजे पेश गर्नु हुने भन्दै प्रदेश सभा सचिवालयले सुचना जारी गरेको थियो ।

 

 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट