Techie IT
Hetauda Khabar

बागमती प्रदेश- आज मुख्यमन्त्री जम्मकट्टेलले विस्वासको मत नलिने लगभग पक्का


बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विस्वासको मत नलिने लगभग पक्का बनेको छ ।

नेपाली कांग्रेस भित्रको किचलोका कारण उनले आज लिने भनिएको विस्वासको मत लिने समय टरेको हो । नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा बागमती प्रदेश सभा नियमावली २०७४ को नियाँ १४३ को उपनियम १ बमोजिम विस्वासको मत प्राप्त गर्ने प्रस्ताव ३ बजे पेश गर्नु हुने भन्दै प्रदेश सभा सचिवालयले सुचना जारी गरेको थियो ।

तर विस्वासको मत लिने कार्यक्रम भने स्थगित हुने सम्भावना बढेको छ । अहिले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक काठमाडौं बसिरहेको छ । जम्मकट्टेललाई आजै विस्वासको मत दिने कि नदिने भन्ने विषयमा निर्णय गर्न बैठक बसिरहेको कांग्रेस स्रोतले जनाएको छ ।

कांग्रेस भित्र विस्वासको मत बारे आन्तरिक किचलो चुलिएको छ । कांग्रेसको इन्द्र बानियाँ पक्षले आजै विस्वासको मत दिने अडान लिएपनि संसदीय दलका नेता बहादुर सिंह लामा पक्षले केहीदिन पछी सार्नुपर्ने र केहि सहमती गरेपछि मात्र मत दिनुपर्ने बताएको छ ।

बागमती प्रदेश सभाका नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी पार्टी,राप्रपा,नेमकिपा र हाम्रो नेपाली पार्टी गरी ७ दलका ११० जना सांसद छन् ।

प्रदेशसभामा सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेसका ३६, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १२, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

मुख्यमन्त्री जम्कट्टेललाई सत्ता गठबन्धनका ३ वटा दलका ६७ सांसदको समर्थन प्राप्त हुने देखिन्छ । उनले कांग्रेसका ३७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थन पाउने सम्भावना छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट