Techie IT
  • १९ माघ २०८२, सोमबार
Hetauda Khabar
  • १९ माघ २०८२, सोमबार

मकवानपुर क्याम्पसको स्ववियु सभापतिमा छोइसाङ तामाङ निर्वाचित


मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा अखिल क्रान्तिकारीका छोइसाङ स्याङतान तामाङ निर्वाचित भएका छन् ।

ADVERTISEMENT

सोमबार बिहान सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार अखिल क्रान्तिकारीका लामा ८ सय १३ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका नवराज शर्मा पौडेलले ६ सय ८२ मत प्राप्त गरे । ३१ सय ९१ मतदाता रहेको क्याम्पसमा १५ सय ७५ मत खसेको थियो ।

ADVERTISEMENT

त्यस्तै स्ववियु सचिवमा अखिल क्रान्तिकारीको प्यानलका वर्षात घिमिरे, कोषाध्यक्षमा अनेरास्ववियु प्यानलकी हिमानी कुमारी सुवेदी निर्वाचित भएकी छन् ।

यस्तै सदस्यहरुमा अनेरास्ववियु प्यानलबाट प्रसिद्ध रेग्मी, प्रशन श्रेष्ठ, कुशल पराजुली, दिपेश कार्की र झरना थिङ निर्वाचित भएका छन्।

ADVERTISEMENT

क्रान्तिकारी प्यानलबाट नारायण पुडासैनी, सुजन सिलवाल, राहुल डिम्डुङ निर्वाचित भएका छन् ।


प्रकाशित मिति : सोमवार, २०७९ चैत्र ६, ०८ :४० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट