Techie IT
Hetauda Khabar

हेटौंडाका विद्यालय केहीदिन बन्द गर्नुपर्ने प्याब्सन र अभिभावक संघको माग, उपमहानगरमा भोली छलफल हुने


हेटौंडामा पछिल्लो केहीदिन यता अत्याधिक गर्मी बढेपछी जनजीवन प्रभावित बनेको छ ।

तापक्रम बढ्दै गएकाले विशेषगरी बालबालिका र वृद्दवृद्धामा बढी समस्या देखिन थालेको छ । अत्याधिक गर्मी बढेपछी हेटौंडाका विद्यालय बन्द गर्नुपर्ने आवाज उठेको छ । विशेषगरी हेटौंडाका निजि विद्यालयमा अध्यनरत बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेको छ । जस्ताको छाना हुने विद्यालयमा अध्यनरत विद्यार्थी गर्मीका कारण अझै बढी समस्यामा परेका छन् ।

गर्मी बढेकाले केहि दिन विद्यालय बन्द गर्नुपर्ने निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मकवानपुरले माग गरेको छ । अन्य बिदामा मिलान हुनेगरी हेटौंडा उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गर्नुपर्ने प्याब्सन अध्यक्ष बिनोद सुबेदीले बताए ।

“हामीले ध्यानाकर्षण गराएका छौं, बर्षे बिदा अथवा अन्य कुनै बिदामा कटाउने गरी बिदा दिनुपर्छ भनेका छौं, सबैभन्दा ठुलो कुरो बालबालिकाको स्वास्थ्य नै हो”, उनले भने ।

त्यस्तै अभिभावक संघले पनि हेटौंडामा विद्यालय केहीदिन बन्द गर्नुपर्ने बताएको छ । अत्याधिक गर्मी बढेकाले विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखेर हेटौंडा उपमहानगरपालिकाले तुरुन्तै निर्णय गर्नुपर्ने अभिभावक संघ मकवानपुरकि अध्यक्ष रमिला सापकोटाले बताइन ।

“दिनदिदै बालबालिका बिरामी भैरहेको गुनासो आएको छ, मैले उपमहानगरपालिका संग कुरा गरेको छु, तत्काल केहीदिनका लागि विद्यालय बन्द नै गर्नुपर्छ”, उनले भनिन् ।

उता हेटौंडा उपमहानगरपालिकाले भने यसबारे कुनै निर्णय भैनसकेको बताएको छ। शुक्रबार हुने कार्यपालिकाको बैठकमा यसबारे छलफल हुने हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए । धेरै ठाउँबाट फोन आएको छ, सुझाब आएको छ, भोलिको बैठकमा छलफल गरेर एउटा निर्णय गर्छौं”, न्यौपानेले भने ।

 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट