Techie IT
Hetauda Khabar

मकवानपुरका ५ वटा क्याम्पसको मतपरिणाम सार्वजनिक, हेटौंडा क्याम्पसमा अभि मैनाली विजयी


स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत मकवानपुरका ८ वटा क्याम्पस मध्ये ७ वटामा भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म ५ वटा क्याम्पसको परिणाम आइसकेको छ ।

हेटौंडास्थित जनप्रिय बहुमुखी क्याम्पसमा विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)कि  मुना गोले निर्वाचित भएकी छन्  ।

एमाले, नेकपा समाजवादी तथा विप्लव निकट विद्यार्थी संगठनको गठवन्धनबाट उम्मेद्वार बनेकी गोले सभापतिमा विजयी भएकि हुन् । गोलेले २७ मत प्राप्त गरेकि छिन् । नेपाली कांग्रेस निकट नेविसंघ र माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीसहितको गठबन्धनलाई पराजित गर्दै गोले विजयी भएकी हुन् ।

त्यस्तै जिल्लाको मनहरी बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा कुमार घिसिङ् निर्वाचित भएका छन् । उनि नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूको तर्फबाट उम्मेदवार हुन् ।  निर्वाचनमा २९ मतसहित कुमार घिसिङ विजयी हुदा अध्यक्षका अर्का आकांक्षी नेपाल विद्यार्थी संघका किशोर लम्सालले २७ मत प्राप्त गरे ।

त्यस्तै हेटौंडा उपमहानरपालिका वडा नम्वर ६ स्थित वंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा अनेरास्ववियूका दिवस सिलवाल निर्वाचित भएका छन् । सिलवालले राप्रपा निकट राप्रविसंकी मनिका गौतमलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । सिलवालले १८ मत प्राप्त गर्दा गौतमले ९ मत प्राप्त गरिन् ।

त्यस्तै निर्मल बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियुले विजय हासिल गरेको छ । अनेरास्ववियुका सरोज अर्याल स्वयियु सभापति बनेका छन् ।

त्यस्तै हेटौंडा क्याम्पसमा अनेरास्ववियुका अभि मैनाली बिजयी भएका छन् ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका मकवानपुरमा ८ वटा क्याम्पस रहेको छ । तीमध्ये अब २ वटा क्याम्पसको मात्रै मत परिणाम आउन बाँकी छ ।  मकवानपुर बहुमुखी क्याम्पस र वन विज्ञान अध्ययन संस्थान रहेको छ । ती क्याम्पसहरुमा हाल मत गणना जारी छ ।

यस्तै, जिल्लाको थाहा नगरपालिकाको पालुङ बहुमुखी क्याम्पसमा भने सबै राजनीतिक दलका विद्यार्थी संगठनबीच सहमतिमा यसअघि नै स्ववियु समिति गठन गरिएको छ । सो क्याम्पसमा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का पुष्कर श्रेष्ठको नेतृत्वमा सबै पदाधिकारी र सदस्यहरू सर्वसम्मत चयन गरिएको हो ।

ती सबै क्याम्पसमा २ वटा प्यानल बनेर प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राप्रपा निकट राप्रविसंले एउटा प्यानल बनाएको छ भने नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) को अर्को प्यानल रहेको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट