Techie IT
Hetauda Khabar

हेटौंडाको वंशगोपाल क्याम्पसमा दिवस सिलवाल विजयी


स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत मकवानपुरको हेटौंडा उपमहानरपालिका वडा नम्वर ६ स्थित वंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा अनेरास्ववियूका दिवस सिलवाल निर्वाचित भएका छन् ।

आईतबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार, सिलवालले राप्रपा निकट राप्रविसंकी मनिका गौतमलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । सिलवालले १८ मत प्राप्त गर्दा गौतमले ९ मत प्राप्त गरिन् । ३० जना मतदाता रहेको क्याम्पसमा ३ जना भने अनुपस्थित थिए ।

यस्तै, क्याम्पसको स्ववियु सचिवमा अनेरास्ववियुकी प्रतिमा लामिछाने र कोषध्यक्षमा रुपा राई निर्वाचित भएका छन् । लामिछाने २० मतसहित सचिव पदमा र राई १७ मतसहित कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट