Techie IT
Hetauda Khabar

मकवानपुर क्याम्पसमा खस्यो १४ सय ५० मत, मतदान जारी


स्ववियु निर्वाचन अन्तर्गत मकवानपुरको ७ वटा क्याम्पसमा हाल मतदान जारी छ । जिल्लाको ८ वटा क्याम्पसमध्ये ७ वटामा बिहान ८ बजेदेखि मतदान सुरु भएको थियो ।

जिल्लाकै ठुलो मकवानपुर क्याम्पसमा ३ बजेसम्ममा १४ सय ५० मत खसेको छ । यहाँ ३१ सय ९१ मतदाता छन् ।  मतदान दिउँसो ४ बजेसम्म संचालन हुनेछ ।

सबै क्याम्पसमा २ वटा प्यानल प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राप्रपा निकट राप्रविसंले एउटा प्यानल बनाएको छ भने नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) को अर्को प्यानल रहेको छ ।

उता थाहा नगरपालिकाको पालुङ बहुमुखी क्याम्पसमा भने सबै राजनीतिक दलका विद्यार्थी सङ्गठनबीच सहमतिमा स्ववियु समिति गठन गरिएको छ । सो क्याम्पसमा नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) का पुष्कर श्रेष्ठको नेतृत्वमा सबै पदाधिकारी र सदस्यहरू सर्वसम्मत चयन गरिएको हो ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट