Techie IT
Hetauda Khabar

हेटौंडाको ४ स्थानमा सार्वजनिक शौचालय निर्माण गरिने


हेटौंडा उपमहानगरपालिकाको ४ स्थानमा सार्वजनिक शौचालय निर्माण गरिने भएको छ ।

मंगलबार बसेको हेटौंडा उपमहानगरपालिकाको २० औं कार्यपालिका बैठकले हेटौंडा नगरको पुर्वमा १८, पश्चिममा १९, दक्षिणमा १५ र उत्तरमा १ नम्बर वडा क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गरिने निर्णय भएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।

यस क्षेत्रमा आवत जावत गर्नका लागि सहज हुने गरी शौचालय निर्माण गर्ने बताइएको छ।

त्यस्तै उपमहानगरपालिकाले न्यून आय भएका गरीव तथा बिपन्न परिवारका ६६३ जनाको निःशुल्क स्वास्थय बिमा गर्ने निर्णय गरेको छ । नगर स्तरीय स्वास्थ्य विमा लाभग्राही छनौंट समितिले २०७९ फागुन ११ गते गरेको निर्णयबाट भएको सिफारीस अनुसार उनिहरुको स्वास्थ्य बिमा गरीने निर्णय भएको प्रवक्ता सबिन न्यौपानेले बताए ।

बैठकले सार्वजनिक पुर्वाधार सम्पत्ती संरक्षण, उपमहानगरको पाठ्क्रम निर्माण तथा कार्यान्वयन कार्यबिधी २०७७ संसोधन, बाटो सार्वजनिक, घर नक्सा अभिलेखिकरण तथा नियमित गर्ने , अनलाईन नक्सा पास सहित बिभिन्न खेलमैदान निर्माण सम्बन्धी निर्णय भएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट