Techie IT
  • १६ वैशाख २०८३, बुधबार
Hetauda Khabar
  • १६ वैशाख २०८३, बुधबार

बस्तीपुर जेसीज सप्ताह- सरसफाइ र नारी सम्मान कार्यक्रम


बस्तीपुर जेसीज हाडिखोला वर्ष २०२३ को जेसीज सप्ताह कार्यक्रम अन्तरगत बुधबार सरसफाई र नारी सम्मान कार्यक्रम गरिएको छ । जेसीजले १३ वटा विभिन्न कार्यक्रम गरि १३ औं स्थापना दिवस मनाउने उद्देश्यका साथ कार्यक्रम गरिरहेको छ।

ADVERTISEMENT

आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको तपोवन मन्दिर परिसर बृहत सरसफाई कार्यक्रम गरिएको जेसीजका अध्यक्ष प्रेम गोङ्बाले बताए ।

ADVERTISEMENT

त्यस्तै, अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मनहरी गाउँपालिकाको कार्यालयको सभाहलमा विभिन्न विधामा नारी सम्मान गरिएको छ ।  जेसीजका अध्यक्ष प्रेम गोङ्बाको अध्यक्षतामा भएको नारी सम्मान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो ।

नारी सम्मान कार्यक्रममा राजनितिक विधामा सीता पुलामी मगर र जानकी लामा, संघसंस्था विधामा मनिला विष्ट, सामाजिक विधामा योगमाया न्यौपाने, महिला उद्यमी विधामा शान्ता अधिकारी, पिछडिएको वर्गमा कान्छीमाया बोटे र खेलकुद विधामा धनमाया थिङ, रिजा रुम्बा र निर्मला लोलाई सम्मान गरिएको थियो ।

ADVERTISEMENT

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रश्मि बस्नेतको विशेष आतिथ्यता रहेको थियो भने मनहरी ८ का वडा अध्यक्ष नारायण उप्रेती, हेटौंडा लेडी जेसीजका २०२३ अध्यक्ष डिलमाया घर्ती, बस्तीपुर जेसीजका पुर्व अध्यक्षहरु, पदाधिकारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


प्रकाशित मिति : बिहिबार, २०७९ फाल्गुन २५, ०८ :५६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट