Techie IT
Hetauda Khabar

बस्तीपुर जेसीजको सप्ताह कार्यक्रम- मनहरीमा ‘लागूऔषध सचेतना’


बस्तीपुर जेसीज हाडिखोला वर्ष २०२३ को जेसीज सप्ताह कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम गरिएको छ ।

१३ वटा कार्यक्रम गरी १३ आौ स्थापना दिवस मनाउने उदेश्यका साथ जेसीजले आज लागूऔषध दुर्व्यसनी सम्बन्धि सचेतना कार्यक्रम गरेको हो । मनहरी गाउँपालिका ५  नम्बर वडा कार्यालयमा भएको कार्यक्रम जेसी प्रेम बहादुर गोंवाको सभापतित्वमा भएको हो ।

जेसी सफल चन्द्र कडेंलको संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथि मनहरी गाउँपालिका-५ का वडाध्यक्ष दिपेन्द्र अधिकारी, विशिष्ट अतिथि नेपाल जेसिस वर्ष २०२३ का उपाध्यक्ष जेसी प्रसाद उप्रेती रमेश रहनुभएको थियो । कार्यक्रमको प्रमुख प्रशिक्षकको रुपमा वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरिक्षक केशर न्यौपाने रहनुभएको थियो । बस्तिपुर जेसीजको मंगलबारको कार्यक्रम पाचौं कार्यक्रम हो ।

यस अघि जेसीजले हेटौडा -१९ स्थित वृद्धाश्रममा खाद्यान्न सहयोग, जेसीज सचिवालयमा नेपालको झन्डा र जेसीजको झन्डाको झन्डोत्तोलन र सरसफाइलगायतका कार्यक्रम गरेको थियो ।

 


क्याटेगोरी : समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट