Techie IT
  • १९ माघ २०८२, सोमबार
Hetauda Khabar
  • १९ माघ २०८२, सोमबार

हेटौंडाका अञ्जन विष्टलाई ‘उत्कृष्ट खेलाडी’ अवार्ड


हेटौंडाका अञ्जन विष्ट २०७८ सालका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

ADVERTISEMENT

१९ औं संस्करणको एनएसजेएफ स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत उत्कृष्ट वर्ष खेलाडीको अवार्ड नेपाली राष्ट्रिय पुरुष फुटबलका अन्जन विष्टले जितेका हुन् ।

ADVERTISEMENT

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा एक विशेष समारोहकाबीच अन्जनलाई वर्ष पुरुष खेलाडी अवार्ड प्रदान गरेको हो ।

अञ्जनले साफ च्याम्पियनसिपमा नेपाललाई पहिलो पटक फाइनलमा पुर्याउन मद्दत गरेका थिए । अन्जनले अवार्डसँगै बजाज पल्सर मोटरसाइल प्राप्त गरे ।

ADVERTISEMENT

विष्टले विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटअन्तर्गत समूह बी मा चाइनिज ताइपेइविरुद्ध गोल गरेका थिए । त्यस्तै, १३औँ साफ च्याम्पिन्सीसपमा श्रीलङ्का र बङ्गलादेशविरुद्ध गोल गर्नुका साथै नेपाल सुपर लिग (एनएसल)मा सर्वश्रेष्ठ फरवार्डका रुपमा प्रदर्शन गरेका थिए ।


प्रकाशित मिति : मङ्लबार, २०७९ फाल्गुन २३, २० :०५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट