Techie IT
  • १९ माघ २०८२, सोमबार
Hetauda Khabar
  • १९ माघ २०८२, सोमबार

मनहरीमा हात्तीको आक्रमणबाट एक महिला घाइते, लामिटार पोष्ट तोडफोड


जंगली हात्तीको आक्रमणबाट मकवानपुरको मनहरीमा एक वृद्धा घाइते भएकी छन् । मनहरी गाउँपालिका–४ मसिनेमा सोमबार बिहान करेसाबारीमा काम गरिरहेकी ६४ वर्षीय राधा अधिकारीलाई हात्तीले आक्रमण गरेको हो । घाइते अधिकारीको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

ADVERTISEMENT

हात्तीले वृद्धालाई आक्रमण गरेसँगै आक्रोशित स्थानीयले मनहरी गाउँपालिका–३, लामिटारस्थित पर्सा राष्ट्रिय निकुञ्जको लामिटार पोष्टमा तोडफोड गरेका छन् । हात्ती नियन्त्रणमा बेवास्ता गरेको भन्दै नेपाली सेनाले प्रयोग गर्दै आएको गाडी, कार्यालय र गोलघरमा तोडफोड गरेका हुन् ।

ADVERTISEMENT

केही दिन अघिदेखि मनहरी गाउँपालिकाको क्षेत्रमा जंगली हात्तीले आतंक फैलाएको थियो । आइतबार साँझबाट मनहरी मसिने क्षेत्रमा हात्ती देखा परेको थियो । यसअघि पनि सो क्षेत्रमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको थियो ।

हात्तीको आक्रमणबाट घाइते भएकी अधिकारीको सम्पूर्ण उपचारमा मनहरी गाउँपालिकाले सहयोग गर्ने गाउँपालिका अध्यक्ष रंजन कालाखेतीले बताएका छन् । हात्तीका कारण यहाँका स्थानीय बर्षेनी समस्यामा पर्ने गरेको र मृत्युनै हुनेगरेकाले निकुन्जले तुरुन्त यसबारे चासो दिएर नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०७९ फाल्गुन ८, १६ :०० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट