Techie IT
Hetauda Khabar

मकवानपुर गोल्डकप- मकवानपुर ११ ले मनाङ मर्स्याङ्दीलाई जित्न सकेन


हेटौंडामा जारी पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को आजको खेल मनाङ मर्स्याङ्दी क्लवले जितेको छ ।
शुक्रबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा घरेलु टोली मकवानपुर ११ लाई २–१ गोलअन्तरले पराजित गर्दै मनाङले अन्तिम चारमा स्थान बनाएको हो । मनाङको जीतमा सुमित श्रेष्ठ र डिवान्डो ड्याङबोले गोल गरेका थिए । जीत संगै  मनाङ मर्स्याङदी सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको पहिलो हाफको ११ औं मिनेटमा मनाङका खेलाडी सुमितले पहिलो गोल गरेका थिए भने अर्का खेलाडी डिवान्डोले ३९ औं मिनेटमा गोल थपे ।

मकवानपुरका खेलाडी साहिदले ५३ औं मिनेटमा एक गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच मनाङका कमल थापा घोषित भए । प्रतियोगिताअन्तर्गत् शनिबार हिमालयन शेर्पा र फ्रेण्डस क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।

यही फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीलाई रोयल इन्फिल्ड (बुलेट बाइक) को व्यवस्था गरिएको छ भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजना एवम् मकवानपुरका स्थानीय तह तथा अन्य विभिन्न सहयोगी संस्थाहरुको सहयोगमा प्रतियोगिता सञ्चालन भईरहेको छ ।

 


क्याटेगोरी : खेलकुद, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट