Techie IT
Hetauda Khabar

मकवानपुर गोल्डकप- आर्मीलाई हराउदै एपिएफ सेमिफाइनलमा


हेटौंडामा जारी पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को आजको खेल एपिएफ क्लवले जितेको छ ।

विभागीय टोली त्रिभुवन आर्मी क्लवलाई ट्राइबेकरमा पराजित गर्दै एपिएफ क्लव सेमिफाइनलमा प्रवेश गरेको हो । विहीबार भएको क्वाटरफाइनल खेलमा एपिएफले त्रिभुवन आर्मी क्लवलाई सडन डेथमा ४–२ गोल अन्तरले पराजित गर्यो । निर्धारित ९० मिनेटको समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

ट्राइबेकरमा एफिएफका गोल रक्षक राजु नगरकोटीले आर्मीका नवयुग श्रेष्ठ र दीपक गुरुङको बल रोक्न सफल भए । आर्मीको तर्फबाट टेक बुढाथोकी र विकास खवासले गोल गर्न सफल भए । यता एपिएफको तर्फबाट नवीन लामा, सुदिप शिखाकार, सनिश श्रेष्ठ र दिपेश धिमालले गोल गरेका थिए । प्रतियोगितामा एपिएफको गोल रक्षक नगरकोटी म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

जारी प्रतियोगितामा भोली शुक्रबार मनाङ मस्याङ्दी क्लव र मकवानपुर ११ बीच खेल हुनेछ । यही फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीलाई रोयल इन्फिल्ड (बुलेट बाइक) को व्यवस्था गरिएको छ भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजना एवम् मकवानपुरका स्थानीय तह तथा अन्य विभिन्न सहयोगी संस्थाहरुको सहयोगमा प्रतियोगिता सञ्चालन भईरहेको छ ।


क्याटेगोरी : खेलकुद, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट