Techie IT
Hetauda Khabar

हेटौंडामा माघ २७ र २८ गते बाल कला साहित्य महोत्सव हुने


हेटौंडामा बाल कला साहित्य महोत्सव आयोजना हुने भएको छ । नवोदय शिशु सदन विद्यालय, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट र काठमाडौं पब्लिकेशनको आयोजनामा बाल कला साहित्य महोत्सव आयोजना गर्न लागिएको हो ।

माघ २७ र २८ गते हुने महोत्सवबारे आज शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनगरी जानकारी दिइएको छ  । हेटौंडा उपमहानगरपालिका, प्याब्सन मकवानपुर, सर्जक सञ्जाल मकवानपुर, बुक ल्याण्ड, नेपाल बाल साहित्य समाजलगायतका संघसस्थाको सहकार्यमा महोत्सव आयोजना हुने बताइएको छ ।

सिर्जनात्मक पठन सस्कृतिको विकास गर्ने उद्धेश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक सीएम रिमालले जानकारी दिए । उनका अनुसार, महोत्सवमा ६ हजारभन्दाबढी व्यक्तिहरु सहभागी रहने छन् ।
महोत्सवमा कलाकार मदनकृष्ण श्रेष्ठ, पाकिस्तानी लेखक, कलाकार तथा शिक्षाविद् रुमना हुसेन, भारतीय लेखक तथा वृत्तचित्र निर्देशक समिना मिश्र, नाटककार अशेष मल्ललगायतका व्यक्तित्वहरु उपस्थित हुने रिमालले जानकारी दिए+ ।

समसामयिक विषयमा संघसस्था, साहित्यकार, पत्रकार, विद्यार्थी र शिक्षक सम्मिलित प्यानल डिस्कसन गर्ने, पञ्चे बाजा, माझी बाजा, धिमे, खैजडीजस्ता परम्परागत बाजागाजा र नृत्यहरु समेत गर्ने कार्यक्रम रहेको छ ।
बाल बालिकाहरुलाई कला साहित्य तर्फ आकर्षित गर्न र उनीहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रम आयोजना गर्न लागिएको हो । महोत्सवमा खानाका स्टलहरु राखिने छन् भने पुस्तक पर्दशनी, चित्र प्रर्दशनी, आत्मकथा वाचन लगाएका कार्यक्रम तय भएको छ ।

यसअघि पनि विद्यालयले बाल साहित्य महोत्सव आयोजना गरेको थियो ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट