Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

सहिद दिवसको अवसरमा नवोदयमा विविध कार्यक्रम


नवोदय साहित्यिक बगैँचा बाल क्लवको आयोजनामा सहिद दिवसको अवसरमा आइतबार विविध कार्यक्रम भएको छ । हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा गठन भएको नवोदय साहित्यिक बगैँचा बाल क्लवले आइतबार बहस, सहिदको बारेमा प्रस्तुतीकरण, नाटक र कविता वाचन भएको थियो ।

ADVERTISEMENT

नवोदय साहित्यिक बगैँचा बाल क्लवकी अध्यक्ष दर्शना सापकोटाको अध्यक्षतामा भएको सहिद दिवस कार्यक्रममा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज राजेन्द्र सिम्खडा ‘दारी बा’ को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सिम्खडा, साहित्यकार दीपक गौतम, नवोदय साहित्यिक बगैँचा बाल क्लवका उपाध्यक्ष रोनश उप्रेती, बालजागृति इंग्लिस सेकेण्डरी स्कूलकी छात्रा साइस्तु घिमिरेले बहस कार्यक्रम मार्फत सहिदले गर्नुभएको योगदानको बारेमा चर्चा परिचर्चा गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि रहेका सिम्खडाले समाज रुपान्तरण नभएसम्म देश विकास नहुनेमा जोड दिएका थिए ।

ADVERTISEMENT

‘सहिदको सपना पूरै साकार नभएता पनि व्यवस्था परिवर्तन भएसँगै मौलिक हक प्राप्त भएको छ । विद्यमान विकृति र विसङ्गतीलाई लक्षित गरी नवोदयका विद्यार्थीहरुले नाटक प्रस्तुत गर्नुभएको छ ।’ उनले भने –‘भ्रष्टचार पैसा लिने र दिनेबाट मात्र नभइ पदीय आचरणबाट पनि हुने गर्छ ।’ कार्यक्रममा साहित्यकार दीपक गौतमले सहिदहरुको योगदानले व्यवस्था बद्लिएर अधिकार प्राप्त भएतापनि अवस्था जस्ताको त्यस्तै रहेकोमा गुनासो व्यक्त गरे ।

आइतबार भएको कविता वाचन प्रतियोगितामा जीएस निकेतन विद्यालयका समर्पण न्यौपाने उत्कृष्ट घोषित भए । प्रतियोगितामा १० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । साहित्य सङ्गम मकवानपुरका अध्यक्ष अनिता न्यौपानले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।

ADVERTISEMENT

प्रतियोगितामा उत्कृष्ट भएका न्यौपानेले प्रमाणपत्र, साहित्यसँग सम्बन्धी किताब प्रदान गर्नुका साथै सहभागीता जनाएका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा नवोदय विद्यालयका सहायक प्रधानाध्यापक दुर्गा भट्टराई, शैक्षिक संयोजक अरुण दहाल, प्रशासन प्रमुख दीपेश खनाललगायतको आतिथ्यता रहेको थियो ।


प्रकाशित मिति : आइतवार, २०७९ माघ १५, २२ :४४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट