Techie IT
Hetauda Khabar

चलचित्र पत्रकार संघ मकवानपुरमा कपिल खड्काको नेतृत्व


कपिल खड्काको नेतृत्वमा चलचित्र पत्रकार संघ नेपाल मकवानपुरले नयाँ कार्यसमिति चयन गरेको छ ।

सोमबार बिहान हेटौंडामा सम्पन्न १३ औं वार्षिक साधारणसभाबाट दोस्रो कार्यकालका लागि खड्काको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन भएको हो ।

संघको उपाध्यक्षमा श्रीराम अर्जुन, सचिवमा रविन्द्र गौतम र कोषाध्यक्षमा मनोज देवकोटा चयन भएका छन् । त्यस्तै सहसचिवमा दीपेश दाहाल, सदस्यमा दर्शन क्षेत्री, मञ्जु मैनाली, सन्नु रिजाल र प्रवेश धिताल चयन भएका छन् । नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ ।

कार्यवाहक अध्यक्ष कपिल खड्काको सभाध्यक्ष तथा वाग्मती प्रदेश सरकारका भौतिक पुर्वधार राज्यमन्त्री सन्तबहादुर चेपाङको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन सत्र भएको थियो ।


क्याटेगोरी : मनोरञ्जन, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट