Techie IT
  • १८ फागुन २०८२, सोमबार
Hetauda Khabar
  • १८ फागुन २०८२, सोमबार

हेटौंडाबाट अमेरिकी डलर लुट्ने चार जना गुलेली र डलरसहित पक्राउ


हेटौंडाबाट एकहजार ७ सय ४१ अमेरिकी डलरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ADVERTISEMENT

अमेरिकी डलर सस्तोमा साट्न पाइन्छ भनि विभिन्न जिल्लाका मानिसहरुलाई मकवानपुरको बिभिन्न स्थानमा बोलाई रकम लुट्ने ४ जालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज सार्वजनिक गरेको हो । उनीहरुलाई हेटौंडा उपमहानगरपालिका  १७ हटिया स्थित सालक पार्कबाट बुधबार जिल्ला प्रहरी कार्यालयको विशेष प्रहरी टोलीले पक्राउ गरी मकवानपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको मकवानपूर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

ADVERTISEMENT

पक्राउ पर्नेका सिन्धुपाल्चोक बाह्रविसे ३ बस्ने २१ वर्षीय हरी भन्ने सोम बहादुर डुम्जन, वर्ष ३३ को दिवश डुम्जन, वर्ष २८ को कान्छा भन्ने शेर बहादुर तामाङर वर्ष २८ को सुक भन्ने देवा डुम्जन रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट अमेरिकी डलर १७४१ रुपैंया, नेपाली रुपैया ६२१०, बा ५०प ९३७२, बा.प्र. ०२-०१९प९६२६ र बा.प्र. ०२-०३४५४२८७ नम्बरको ३ वटा मोटरसाइकल, कागजको नक्कली नोट ८ बन्डल, गुलेली ३ थान, मट्याङग्रा ( साना ढुङगाहरु) र मोबाईल ५ थान बरामद गरेको छ ।

ADVERTISEMENT

पक्राउ परेकाहरुमाथि मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९, २५२ बमोजिम “ठगी,आपराधिक विश्वासघात तथा आपराधिक लाभ ( एक्टर्सन) सम्बन्धी कसुर तथा संगठित अपराध सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ  ।

 


प्रकाशित मिति : बिहिबार, २०७९ पुस २१, १६ :३६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट