Techie IT
Hetauda Khabar

कांग्रेस बागमती संसदीय दलको नेतामा बहादुर सिंह लामा


नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुर सिंह लामा विजयी भएका छन् । हेटौंडाको प्रदेश सभा परिसरमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा लामाले निवर्तमान संसदीय दलको नेता इन्द्रबहादुर बानियाँलाई पराजित गरेका हुन् ।

लामाले २१ मत ल्याउँदा बानियाँले १६ मतमात्रै पाए । कांग्रेसका ३७ जना प्रदेश सांसद रहेकामा सबैले मतदान गरेका थिए ।

बानियाँ बागमती प्रदेशका सभापति हुन् भने लामा केन्द्रीय सदस्य हुन् । लामा र बानियाँ दुवै संस्थापन पक्षका हुन् । यद्यपि बानियाँलाई कांग्रेस संस्थापनको इतरपक्ष गगन–शेखर पक्षको साथ रहेको थियो ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट