Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

रिपोर्टर्स क्लब नेपाल मकवानपुरद्वारा दुई जना पत्रकार पुरस्कृत


हेटौंडा । रिपोर्टर्स क्लब नेपाल मकवानपुर शाखाले सहिद बासुदेव घिमिरेको नाममा स्थापना गरेको ‘सहिद बासुदेव घिमिरे स्मृति पत्रकारिता पुरस्कार–२०८०’ बाट पत्रकार नवराज शर्मा तिमल्सिना र नवराज न्यौपानेलाई सम्मान गरेको छ ।

ADVERTISEMENT

मङ्गलबार हेटौंडामा भएको कार्यक्रममा पत्रकार शर्मा र न्यौपानेलाई जनही ८ हजार ८ सय ८८ राशीको उक्त पुरस्कार प्रदान गरिएको हो ।

ADVERTISEMENT

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, विशिष्ट अतिथि आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठ र क्लबका केन्द्रीय अध्यक्ष ऋषि धमलालगायतले शर्मा र तिमल्सिनालाई पुरस्कार राशीसहित प्रमाणपत्र हस्तान्तर गरे ।

सो अवसरमा मुख्यमन्त्री जम्कट्टेलले सम्पूर्ण सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिद बासुदेव घिमिरेका पिता कृष्णप्रसाद घिमिरेको उपचार खर्च प्रदेश सरकारले व्यर्होने प्रतिवद्धता व्यक्त गरे ।

ADVERTISEMENT

उनले पत्रकारहरुलाई सामाजिक सुरक्षा अभियानमा आवद्ध गराउन प्रदेश सरकारले संचार रजिष्टारमार्फत् नीतिगत योजना तर्जुमा गरी कार्यान्वयन गर्न लागिएको बताए ।

उनले पत्रकार महासंघले पनि उक्त अभियानलाई गतिशीलता प्रदान गर्नुपर्नेमा जोड दिए । प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि चिकित्सक जनशक्ति उत्पादनको लागि विश्वविद्यालय स्थापना गर्न नीतिगत कार्यक्रम तर्जुमा गरी अघि बढेको उनको भनाई छ ।

मुख्यमन्त्री जम्कट्टेलले प्रदेशको सबै जिल्लामा भूगोल र मौसमी वातावरण अनुसार कृषि उत्पादनतर्फ हरियो तरकारी खेतीलाई उच्च प्राथमिकता दिएर कृषिकलाई बढीभन्दा बढी सहभागिता गराउनेतर्फ सरकारको एक सुत्रे कार्यक्रम अघि बढाउन लागिएको उल्लेख गरे ।

त्यस्तै आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले अहिले जनतालाई आर्थिक समृद्धि, विकासका पूर्वाधारबाट जोड्न प्रदेश सरकारले नयाँ नीति तर्जूमा गरी कार्यान्वयन गर्न लागिएको बताए ।

उनले प्रदेशमा रहेका सबै सञ्चार क्षेत्रलाई समष्तिगत रुपमा आत्मसम्मानका साथ विभिन्न अवसर जुटाउन प्रदेश सरकारले नीतिगत कार्यक्रम र बजेट तर्जुमा गरेको बताउँदै पत्रकारिता क्षेत्रलाई दलगत स्वार्थभन्दा माथि राखेर राष्ट्रियता र प्रजातन्त्रको सम्र्बद्धनको लागि सबै पत्रकार एकजुट हुनुपर्नेमा जोड दिए ।

त्यस्तै क्लबका केन्द्रीय अध्यक्ष धमलाले प्रेस जगतलाई संगठित मर्यादित र अनुशासित रुपमा अगाडि बढाउन सबै पत्रकारहरुले आफुलाई अब्बल बनाउनुपर्ने बताए ।

बलराम पुडासैनीको सभाअध्यक्षमा भएको कार्यक्रममा सञ्चार रजिष्ट्रार रेवती सापकोटा, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँ, मकवानपुरका प्रहरी प्रमुख रिताराम रिजाल, राप्रपाका नेता सिताराम बर्तौला, पत्रकार महासंघ बागमती प्रदेशका पूर्व अध्यक्ष प्रताव विष्ट, हालका महासचिव कृष्णसारु मगर, महासंघका जिल्ला उपाध्यक्ष धु्रव अधिकारीलगायत विभिन्न पत्रकारसम्वद्ध स्रगठनका नेताहरु र मकवानपुरका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति : बुधबार, २०८० माघ १७, ०८ :३३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट