Techie IT
Hetauda Khabar

मनहरीमा ट्रकले ठक्कर दिदा एक बालकको मृत्यु


मकवानपुर, २७ भदौ । आज बिहान १० बजेतिर मकवानपुरको मनहरी गाँउपालिका-७ स्थित पूर्व-पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ।

चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना५ख ३७८३ नम्बरको खाली ट्रकले रमनटारस्थित राष्ट्रिय आधारभूत विद्यालयको कक्षा १ मा अध्ययनरत ६ वर्षीय उमेश प्रजालाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए।

घाइते प्रजालाई प्राथमिक स्वास्थ्य केन्द्र मनहरीमा उपचारका लागि लगिएको र सोही दिन ११ बजेर ४५ मिनेटमा भरतपुरस्थित पुरानो मेडिकल कलेज अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न ट्रक चालक प्रहरी नियन्त्रणमा रहेका छन्।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट