Techie IT
Hetauda Khabar

मकवानपुरमा ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने


मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले राति ९ बजेपछि देउँसी भैलो खेल्नमा रोक लगाएको छ । प्रशासनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राति ९ बजेपछि देउँसी भैलोलगायतका साँस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरु नगर्न आग्रह गरेको हो ।

यसैगरी, प्रशासनले देउँसी–भैलो लगायतको साँस्कृतिक कार्यक्रम गर्दा अन्य व्यक्ति, छिमेकी, टोल, समुदाय र सार्वजनिक जीवनमा असर नपर्ने गरी मनाउने आग्रह गरेको छ ।

प्रशासनले पटका, आतसवाजी, झिरझिरे, भुइँचम्पाजस्ता विष्फोटजन्य पदार्थ प्रयोग नगर्न र यस्ता पदार्थको निकासी, ओसारपसार एवम् बिक्री वितरणमा नगर्न आग्रह गरेको छ ।

जुवातास खेल्नेरखेलाउने जस्ता कानूनले निषेध गरेका क्रियाकलापहरू नगर्न, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी हो–हल्ला तथा झै–झगडा नगर्न पनि प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै प्रशासनले शुभ दिपावली एवम् छठ पर्वको अवसरमा सम्पूर्ण जिल्लाबासीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, उत्तरोत्तर प्रगती एवम् दीर्घायुको कामना गरेको छ ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट