Techie IT
Hetauda Khabar

जाजरकोट भुकम्प : बागमती प्रदेशमा कार्यरत कर्मचारीहरुले गरे १ करोड २५ लाख सहयोग


हेटौंडा । बागमती प्रदेशमा कार्यरत कर्मचारीहरूले भूकम्प पीडितलाई १ करोड २५ लाख सहयोग गर्ने भएका छन्।

मंगलबार बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायको अध्यक्षतामा बसेको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो।

बैठकले प्रमुख सचिव र सचिवको ३ दिनको तलब अधिकृत स्तरको कर्मचारीको २ दिनको र बाँकी कर्मचारीहरूको १ दिनको तलब कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो। भूकम्प पीडितहरूको राहत उद्धार र पुनः स्थापनाका लागि बागमती प्रदेश सरकारमा कार्यरत कर्मचारीहरुले आर्थिक सहयोग गर्ने भएका हुन् ।

बैठकले कर्णाली प्रदेशको जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई गत शुक्रबार राति गएको भूकम्पले ठुलो मात्रामा जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरूमा जनधनको क्षति पुगेकोमा दुःख व्यक्त गर्दै आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट