Techie IT
Hetauda Khabar

मकवानपुर प्रहरीद्वारा दुई नावालक प्रकाउ


हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट लागुऔषध सहित दुई जना नाबालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत गान्धिनगर–८ बस्ने १७ बर्षीय र वीरगञ्ज महानगरपालिका मेडिकल कलेज बस्ने १६ बर्षीय दूई नाबालक रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पथलैया तर्फबाट हेटौंडातर्फ आउँदै गरेको भारतिय नम्बरको विआर ०६ एम ८५०७ नम्बरको मोटरसाइकलमा सवार दुई बालकलाई चेकजाँच गर्दा ४५ बोत्तल ओनरेक्स बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसन्धान भइरहेको बताईएको छ ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट