Techie IT
Hetauda Khabar

हेटौँडामा यु–२१ हेटौँडा च्यालेन्ज कप फुटबल हुने


हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा स्वर्गीय सदुर्शन घिमिरे स्मती यू–२१ हेटौंडा च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ । एफसी मुण्डियाल हेटौंडाको आयोजनामा ‘राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा जोड’ भन्ने नारा सहित प्रतियोगिताको आयोजना गर्ने भएको छ । प्रतियोगिता आउँदो मंसिर ५ गतेदेखि १३ गतेसम्म हुने आयोजकले जनाएको छ ।हेटौँडा– ५ स्थित पिप्ले क्याम्पा रंगशालामा प्रतियोगितामा मकवानपुरका ११ वटा सहित जिल्ला बाहिरका ३ वटा गरी कुल १५ वटा टिमको सहभागिता रहने प्रतियोगिता संयोजक सुदिप सिंह ठकुरीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद नगद १ लाख ११ हजार १११ रुपैयाँ, ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँ, ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
विधाग रुपमा उत्कृष्ट हुने पाँच जना खेलाडी तथा प्रशिक्षकलाई नगद ५–५ हजार प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितोका सर्वोउत्कृष्ट खेलाडी नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।


क्याटेगोरी : खेलकुद, मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट