Techie IT
Hetauda Khabar

बागमती प्रदेश सरकारले जाजरकोट भूकम्पमा राहतको लागि १ करोड ५० लाख दिने


हेटौंडा । बागमती प्रदेश सरकारले शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण भएको क्षतिमा राहत तथा उद्धारका लागि एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

शुक्रबार राती कर्णाली प्रदेश अन्तर्गत जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडितहरु लागि राहात, उद्धार, र पुनर्निर्माणको लागि बागमती प्रदेश सरकारले उक्त रकम सहयोग गर्ने निर्णय गरेको बागमती प्रदेश सरकारका प्रवक्ता गंगा नारायण श्रेष्ठले जानकारी दिए ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको नेतृत्वमा बसेको आपतकालीन बैठकले कर्णाली प्रदेश सरकारलाई राहत र उद्धारमा सहयोग गर्न सो रकम उपलब्ध गराउने निर्णय गरेको हो। उक्त सहयोग गर्ने निर्णयको विज्ञप्ती जारी गर्दै जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरूमा जनधनको क्षति पुगेकोमा बागमती प्रदेश सरकारले दुःख व्यक्त गरेको बताइएको छ ।

विज्ञप्तीमा विपद्को घडीमा बागमती प्रदेश सरकार कर्णाली प्रदेश सरकार सँगसँगै रहने उल्लेख गरिएको छ । साथै नागरिक समाज, विभिन्न गैरसरकारी संघसंस्थाहरूलाई यस विपद्‌को घडीमा आवश्यक सहयोग गर्न आग्रह समेत गरेको छ ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट