Techie IT
  • ११ माघ २०८२, आईतबार
Hetauda Khabar
  • ११ माघ २०८२, आईतबार

नेपाल प्रिमियर लिगको एजुकेशनल कन्सलटेन्सी पार्टनरमा ‘एक्सपर्ट एजुकेशन’


बहुप्रतिक्षित दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को एजुकेशनल कन्सलटेन्सी पार्टनरमा नेपालको अग्रणी शैक्षिक परामर्शदाता एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले सहकार्य गरेको छ ।

ADVERTISEMENT

नेपाल क्रिकेट संघ (क्यान) र एक्सपर्ट एजुकेशनबीच एनपीएलको आधिकारिक एजुकेशनल कन्सलटेन्सी पार्टनर बन्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । एक्सपर्टले प्रेस विज्ञप्ती जारी गर्दै प्रायोजन सम्झौता बारे जानकारी गराएको हो । एक्सपर्ट एजुकेशनले अष्ट्रेलिया, बेलायत, क्यानडा, अमेरिका र न्यूजील्याण्डलगायत देशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई परामर्श दिँदै आइरहेको छ भने विश्वभरका २५ देशमा रहेका आफ्ना करिव ९० शाखाहरु मार्फत सेवा पुर्‍याउँदै आइरहेको छ ।

ADVERTISEMENT

एक्सपर्ट एजुकेशन लामो समयदेखि विभिन्न तहका क्रिकेट प्रतियोगिताहरुमा संलग्न रहँदै आएको छ । यसअघि एक्सपर्टले कलेज प्रिमियर लिग, स्कुल प्रिमियर लिग, प्रधानमन्त्री कप, एभरेस्ट प्रिमियर लिग र जूनियर राष्ट्रिय खेलकुद च्याम्पियनसिप जस्ता प्रमुख प्रतियोगिताहरुलाई प्रायोजन गरिसकेको छ । अन्तर्राष्ट्रिय स्तरमा पनि क्रिकेटलाई सहयोग गर्ने क्रममा एक्सपर्टले अष्ट्रेलियामा कम्युनिटी कप र एक्सपर्ट सगरमाथा लिग (मेलबर्न, अष्ट्रेलिया) मा सहकार्य गरेको छ भने नाइस नेपाली क्रिकेट क्लब ब्रिसवेनलाई समेत प्रायोजन गरेको छ । एक्सपर्ट एजुकेशनले पोखरा प्रिमियर लिगमा एक्सपर्ट धनगढी क्रिकेट टोलीको स्वामित्व समेत ग्रहण गरेको थियो ।
यस्तै एक्सपर्टले चितवनका विभिन्न खेलकुद कार्यक्रमहरुमा पनि सहकार्य गर्दै आइरहेको छ । भरतपुर मेयर कप अन्तरविद्यालय क्रिकेट, विभिन्न फुटबल प्रतियोगिताहरुमा एक्सपर्टले प्रायोजन गर्दै आइरहेको छ ।

क्रिकेटसंगको सहकार्यलाई अझ मजबुत बनाउनका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा वर्तमान नेपाल क्रिकेट संघका सचिव, पारस खड्का, विगत सात वर्षदेखि एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको ब्राण्ड एम्बेसडरका रूपमा रहेका छन् । शैक्षिक परामर्शको क्षेत्रमा अग्रणी संस्था र नेपालको सबैभन्दा ठूलो घरेलु क्रिकेट प्रतियोगिताबीचको यो सहकार्यले नेपाल प्रिमियर लिगको गरिमा र स्तरलाई बढाउनुका साथै राष्ट्रका युवाहरुलाई खेलकुद र शिक्षा दुवै क्षेत्रमा प्रेरणा प्रदान गर्ने विश्वास गरिएको एक्सपर्टले जनाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८२ कार्तिक ३०, १६ :०९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट