Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा पुनः बालकृष्ण सर्वसम्मत


हेटौंडा । निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा पुनः बालकृष्ण बजगाईं सर्वसम्मत निर्वाचित भएका छन् ।

ADVERTISEMENT

शनिबार हेटौंडामा सम्पन्न संघको १३ औं वार्षिक साधारणसभा तथा सातौं जिल्ला अधिवेशनले बजगाईलाई अध्यक्षमा पुनस् दोहोराएको हो ।

ADVERTISEMENT

संघको उपाध्यक्षमा सुदीप तिमल्सिना ुसन्जिवु, महासचिवमा रोशन सापकोटा, सचिवमा सुबास दाहाल, कोषाध्यक्षमा उद्धव देवकोटा र सहकोषाध्यक्षमा राहुल जालान चयन भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यहरु प्रदीप तिवारी, जीवन ढकाल, सुरेश अर्याल र अमित श्रेष्ठ रहेका छन् ।

ADVERTISEMENT

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालको प्रमुख आतिथ्यता, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, एसोसिएट तर्फको उपाध्यक्ष उज्ज्वल चौलागाई, बस्तुगत तर्फको उपाध्यक्ष राजु अधिकारी, निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरका पूर्व अध्यक्षद्वय मनोज जालान र रवि नेपाल लगायत विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।


प्रकाशित मिति : शनिबार, २०८० माघ २०, १९ :०४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट