Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

सहिद सप्ताहमा भएको वक्तृत्वकलामा हेटौंडा १९ कि सपना प्रथम


हेटौंडा । सहिद र मदन भण्डारीका सपना साकार पार्नका लागि नवयुवाको भुमिका बिषयक वक्तृत्वकलामा हेटौंडा १९ कि सपना बर्तौला प्रथम भएकी छिन्  ।

ADVERTISEMENT

मदन भण्डारी फाउन्डेसन मकवानपुरको ब्यबस्थापनमा सहिद स्मारक बिकास समितिले सहिद दिवसको अवसरमा शनिबार आयोजना गरेको सहिद सप्ताह कार्यक्रममा भएको वक्तृत्वकलामा बर्तौला प्रथम भएकी हुन्  ।

ADVERTISEMENT

यस्तै कार्यक्रममा हेटौंडा ५ कि आकाङ्क्षा निरौला दोस्रो, हेटौंडा ४ की दर्सना सापकोटा तेस्रो भइन् भने हेटौंडा ९ की अभिप्सा पौडेल सान्त्वना भएकी हुन् । उनीहरुले क्रमशः १० हजार, ७ हजार, ५ हजार र १ हजार नगद पुरस्कार प्राप्त गरेका छन्  । वक्त्तृवकलाका लागि १६ जनाले सहभागिता जनाएका थिए ।

निर्णयाकमा घनश्याम घिमिरे, भावना सपकोटा र अमृत बर्तौला रहेका थिए  ।

ADVERTISEMENT

कार्यक्रममा बोल्दै बागमती प्रदेशका प्रथम मुख्यमन्त्री तथा सहिद स्मारक बिकास समितिका अध्यक्ष डोरमणि पौडेलले सहिदका सपना साकार पार्न सबैको भुमिका अपरिहार्य रहने बताए । सहिद र जननेता मदन भण्डारीले देखाएको बाटोमा हामी हिड्न जरुरी रहेको उनको भनाई थियो । राजनीति निषेध भन्दा पनि गलत नेतृत्वलाई निषेध गर्नुपर्ने बताए ।

कार्यक्रमका सहभागीहरुलाई प्रमाणपत्र शनिबार नै बितरण गरीको थियो भने बिजेताहरुलाई १५ गते प्रमाणपत्र तथा पुरस्कार बितरण गरीने छ ।

१३ गते नै अनुसार शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रमको पहिलो दिन १० गते बुद्ध, मायादेवी, इन्द्र तथा ब्रम्हाको प्रतिमासहितको पार्कको उद्घाटन गरिएको थियो सचीव रघुनाथ खुलालले जानकारी दिए ।

माघ ११ गते कृषि हस्तकला तथा पर्यटकीय वस्तुहरुको प्रबद्र्धन मेलाको शुभारम्भ, विविध सास्कृतिक कार्यक्रम तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम, माघ १२ गते वडा स्तरिय नृत्य प्रतियोगिता भएका छन् ।

माघ १४ गते वडा स्तरिय वक्तृत्वकला प्रतियोगिता, माघ १५ गते सास्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण र शिक्षक खुल्ला दौड प्रतियोगिता तथा अन्तिक दिन माघ १६ गते प्रभातफेरी, सहिद प्रति सलामी, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण, प्रवचन तथा समापन कार्यक्रम हुने सहिद स्मारक बिकास समितिका सचिव खुलालले जानकारी दिए ।

१५ गते हुने साँस्कृतिक कार्यक्रममा गायक प्रकाश कटुवाल, भिमसेन खतिवडा, गायिका रिया खड्का लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति रहने छ  ।


प्रकाशित मिति : शनिबार, २०८० माघ १३, १६ :५५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट