Techie IT
  • २५ माघ २०८२, आईतबार
Hetauda Khabar
  • २५ माघ २०८२, आईतबार

आजको मौसम : देशभरको तापक्रम घट्दै, चिसोबाट सतर्कता अपनाउन आग्रह


हेटौंडा । मौसम पूर्वानुमान महाशाखाले देशभर तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आग्रह गरेको छ।

ADVERTISEMENT

महाशाखाले मङ्गलवार बिहान तीन दिने मौसम बुलेटिन सार्वजनिक गर्दै चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो।

ADVERTISEMENT

महाशाखाले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ।

यसै गरी मङ्गलवार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

ADVERTISEMENT

बुधवार भने देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। बिहीबार कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने उल्लेख गरिएको छ।


प्रकाशित मिति : मङ्लबार, २०८० पुस ३, ०६ :५९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट