Techie IT
Hetauda Khabar

हेटौँडामा आगलागी


हेटौँडा, २ असोज – हेटौँडा उपमहानगरपालिका-१३ स्थित एक घरसँग जोडिएको गोठमा आगलागी भएको छ। बिहीबार साँझ ६:४५ बजे उत्तम गुम्जाको घरसँग जोडिएको जस्ता र काठले बनेको गोठमा आकस्मिक आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यलय मकवानपुरको अनुसार आगलागीबाट गोठभित्रका २ वटा राँगा घाइते भएका छन् भने १५०० केजी मकै, ३५० क्युबिक फीट काठ र १३५ थान जस्तापाता जलेर नष्ट भएको छ।

प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। यस घटनामा कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।


क्याटेगोरी : स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट