Techie IT
Hetauda Khabar

बागमती प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना


हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा भर्ना भएका छन् ।

प्रमुख शर्मालाई शनिबार विहानदेखि ज्वरो आएपछि अस्पताल भर्ना भएका हुन् । प्रदेश प्रमुख शर्माका प्रमुख स्वकीय सचिव पारसमणि फुुयालका अनुसार शर्माको काठमाडौंको हेल्पिङ् ह्याण्ड्स सामुदायिक अस्पताल चावहिलमा उपचार भइरहेको हो । स्वास्थ्य परिक्षणका क्रममा प्रमुखमा निमोनिया पनि देखिएको फुयालले जानकारी दिए ।

उपचारत प्रदेश प्रमुख शर्माको अहिले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको नीजि सचिवालयले जनाएको छ । प्रमुख शर्मालाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अस्पतालले जनाएको छ ।


क्याटेगोरी : स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट