Techie IT
Hetauda Khabar

मकवानपुरका दुई जनाले पाए पहिलो पटक गैरआवसीय नागरिकता


हेटौंडा । नेपाल सरकारले गत असोज ३० गतेबाट वितरण सुरु गरेको गैरआवसीय नागरिकता मकवानपुर जिल्लाबाट पहिलो पटक दुई जनाले प्राप्त गरेका छन् । नागरिकता लिनेमा हेटौंडा–११ की सन्जिता बिडारी र हेटौंडा–५ का श्रीकृष्ण थापा रहेका छन् । उनिहरु श्रीमान श्रीमति हुन् ।

विगत १५ वर्षबाट अस्ट्रेलिया बस्दै आएका बिडारी र थापालाई बुधबार प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाइले गैरआवासीय नेपाली नागरिकता प्रदान गरेका हुन् । नागरिकता प्राप्त गरेपछि उनीहरूले देश र जनताको नाममा शपथ लिएका थिए ।

नागरिकता लिएपछि उनीहरुले खुसी व्यक्त गरेका छन् । ‘दु:ख, सुखको क्षणबाट गुज्रिएपछि विदेशको नागरिकता लिए पनि अहिले फेरि नेपालको नागरिकता लिन पाउँदा हामीलाई एकदमै खुशी लागेको छ । यसले हामीलाई विदेशमा रहेर पनि नेपालको जुन माया छ त्यसलाई अझ प्रगाढ बनाएर जान्छ भन्ने विश्वास लिएको छु,’ नागरिकता लिएपछि श्रीकृष्ण थापाले भने, ‘ साथै देशलाई पनि यसले आर्थिक रुपमा धेरै नै फाइदा गर्नेछ ।

यसअघि असोज ३० गते मंगलबार बालुवाटारमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई नेपाली नागरिकता दिँदै अभियानको सुरुवात गरेका थिए ।


क्याटेगोरी : स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट