Techie IT
Hetauda Khabar

हेटौँडामा चिकित्सक आक्रमणका आरोपित ६ जना धरौटिमा रिहा


हेटौँडा । चिकित्सकमाथि आक्रमणको अभियोगमा हिरासतमा रहेका मकवापुरका ६ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा गरेको छ । गत भदौ २७ हेटौँडा १ को सञ्चो हस्पिटलमा विरामीको उपचार गरिरहेका चिकित्सकलाई सांघातिक आक्रमण गरेको अभियोगमा पक्राउ परेका ६ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनिहरु धरौटी बुझाएर रिहा भएका हुन् ।

जिल्ला अदालत मकवानपुरका न्यायाधीश राजेन्द्र अधिकारीको इजलाशले आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि उनिहरु धरौटि बुझाएर रिहा भएका हुन् । आक्रमणको अभियोग लागेका रमा प्रधानलाई २ लाख ५० हजार तथा रमिला प्रधान, रोहन प्रधान, अनुप प्रधान, जीवन लामा तथा सुनिल पाख्रीनलाई जनही २ लाख रुपैँयाको दरले अदालतले धरौटी माग गरेको थियो ।

यसैबिच चिकित्सक आक्रमणका अर्का आरोपित हेटौँडा १२ का ३६ वर्षका शुवास स्याङतानलाई आज प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । १३ जना विरुद्ध परेको उजुरीमा अझै ६ जना फरार रहेको प्रहरीको भनाई रहेको छ ।


क्याटेगोरी : स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट