Techie IT
  • ४ फागुन २०८२, सोमबार
Hetauda Khabar
  • ४ फागुन २०८२, सोमबार

अनौठो चर्को आवाजले निन्द्रा बिग्रियाे, खाेज पछि पत्ता लाग्यो राती बनाउँछ माछाले शारीरिक सम्बन्ध


काठमाडौं, २६ माघ ।  धेरै मानिसहरूले आफ्नो घरमा एक्वैरियम राख्छन्। जसमा विभिन्न किसिमका सुन्दर माछा डुब्न्छन् ।

ADVERTISEMENT

तर, यी माछाहरूले एकअर्कालाई माया देखाउँदा मानिसहरूको निद्रा पनि हराउन सक्छ भनेर के तपाईंले कहिल्यै कल्पना गर्न सक्नुहुन्छ ? फ्लोरिडाको टम्पा खाडी क्षेत्रमा बसोबास गर्ने मानिसहरु आजकल यस्तै अवस्थाबाट गुज्रिरहेका छन् ।

ADVERTISEMENT

राति अनौठो आवाजले उनीहरुको निद्रामा बाधा पुर्‍याइरहेको छ ।

यी आवाज सुनेर ठूला मात्र होइन, बालबालिका पनि सुत्न सक्दैनन् । यी आवाजहरूसँग सम्बन्धित वैज्ञानिकहरूको खुलासा झनै चकित पार्ने छ।

ADVERTISEMENT

न्युयोर्क पोस्टको समाचार अनुसार अनौठो आवाज सुनेपछि नजिकका मानिसहरुले विभिन्न थ्योरी बनाउन थाले । यी आवाजहरूको कारण जान्नको लागि, त्यहाँका बासिन्दाहरूले यसलाई गोप्य सैन्य अपरेशनदेखि राती क्लबको कामसम्मको कुनै पनि कुरा मानेका थिए।

कतिपयले आफ्नो इलाकामा एलियन आएर यस्तो  अनौठों आबाजमा मच्चाइरहेका छन् भन्ने विश्वास पनि गर्न थाले ।

यसैबीच एक वैज्ञानिकले विशेष प्रकारको माछाका कारण यस्तो आवाज आएको दाबी गरेका छन् । वैज्ञानिकले यो पनि दावी गरेका छन् कि यी अनौठो आवाज माछाको मिलनका बेला अर्थात् शारीरिक सम्बन्ध बनाउँदा आउँछन् । वैज्ञानिकले यी माछालाई ब्ल्याक ड्रम फिश नाम दिएका छन् ।

यस मामिलामा विशेषज्ञ जेम्स लोकासियोले पनि त्यस क्षेत्रमा केही माइक्रोफोन जडान गरेका थिए। यी वैज्ञानिकहरू सारासोटाको समुद्री प्रयोगशाला र एक्वेरियममा काम गर्छन्।

कम्तिमा दुई दशक अघि केप कोरलमा यस्तै अनुसन्धान गरेका हुनाले वैज्ञानिकहरू आफ्नो दाबीप्रति विश्वस्त थिए। न्युयोर्क पोस्टसँग कुरा गर्दै उनले कालो ड्रम माछाले जाडोमा शारीरिक सम्पर्क गर्ने बेलामा १६५ डेसिबलसम्म आवाज निकाल्ने बताए । जुन जमिनमा पनि प्रष्ट सुनिन्छ ।


प्रकाशित मिति : शनिबार, २०८० माघ २७, ११ :५१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट